ताजा

सामाजिक समावेशीकरणको आवश्यकता औचित्य

Published On: July 17, 2016 || 2073 श्रावण 2 आइतबार , at 12:04 PM

  • तारादेवी सुनुवार

Tara sunuwarति बेला मुलुक आर्थिक वर्षको विकास कार्यको अन्तिम प्रगति विवरण तयार गर्ने तरखरमा छ । तर मुलुकमा हामीले गरेको विकास मा कतिको समावेशी भएको छ भन्ने हेक्का कमैलाई थाहा छ र यस्को तथ्यांक केलाउने विषयमा पनि कमैको चासो हुन्छ । तर यसो नगरिकन हामीले नत सहस्राब्दी विकास लक्ष्य सत प्रतिसत हासिल गरेका थियौ नत अब को दिगो विकास लक्ष्य २०३० सतप्रतिशत नै पुरा गर्न सक्छौ । दिगो विकास लक्ष्य २०३० को उद्धेश्य नं.१६ बमोजिम १६ .५ मा सबै तहमा जवाफदेही समावेशी,सहभागितात्मक,र प्रतिनिधिमूलक निर्णय प्रक्रिया सुनिश्चित गर्ने भनि प्रष्ट भनिएको छ । तर बर्षौ पुराना व्यवाहारिक अभ्यासले गर्दा हाम्रो सोच, संरचना, नीति र व्यवाहारमा परिवर्तन गर्न कठिन भएको छ । फलस्वरुप असमानता कायमै रहेको छ । असमानताले प्रत्यक्ष अप्रत्यक्ष विकास कार्यमा असर गरिरहेको हुन्छ । हाम्रो समाजमा विकास प्रक्रियामा असमानताका कारणहरुमा वर्ग (धनि, मध्यम, गरिव) जात (तल्लो, माथिल्लो) लिङ्ग (Gender) (महिला, पुरुष) उमेर (बृद्ध, वयस्क, केटाकेटी) जनजाती ,धर्म ,क्षेत्र लैंगिक विभेद रहेको छ ।

समाजमा थुप्रै वर्ग ,जातीहरु बञ्चितिमा प रेका छन । सामा जिक बञ्चितिकरणका आधारहरु जातीय ,लैङ्गिक ,भौगोलिक ,वर्ण ,उमेर,अपाङ्गताका आधारमा भएको सामाजिक बञ्चितिकरण र यसका कारणहरु मा असमाहिकरण ,पितृ सत्ता ,कमजोर शासन ,विश्वव्यापीकरण संकट तथा प्रकोप रहेको पाइन्छ । हाम्रो समाजमा विभेद ,असमानता र बञ्चितिकरण थालनी जंग बहादुर राणाको पालामा सन् १८५३ (बनेको), ६ जनवरी १८५४ मा मुलुकी ऐन लागू भएको पाईन्छ । सो ऐनले देशका समस्त बासिन्दालाई निम्न चार श्रेणीमा विभाजन गरेको थियो । तागाधारी जात क) पहाडे उच्च जात बाहुन, ठकुरी, जैसी, क्षेत्री आदि, ख) मधेसी उच्च जात (ब्राह्मण, राजपुत आदि। मतवाली जात (मगर, गुरुङ्ग, सुनुवार, लिम्बू, लेप्चा, बज्राचार्य, शाक्य, तुलाधर, महर्जन, नेवार भोटे, तामाङ्ग, चेपाङ्ग, घर्ती, हायु, माझी, दनुवार, कुमाल, थारु, मेचे, महारी, आदि । अशुद्ध तर छोइछिटो हाल्नु नपर्ने जात (खड्गी, कपाली, रजक चर्मकार, मुसलमान, म्लेम्च्छे आदि । अशुद्ध तर छोइछिटो हाल्नु पर्ने जात (कामी, दमाई, बादी, गाइने, दयल (नेवार) च्यामखाल (नेवार), चमार, मुसहर आदि । मान्छे मान्छे बिचमा विभेद गर्ने परम्पराले निरन्तरता पायो ।

समाजमा पछाडि पारिएका वर्गहरु (महिला, दलित एवं जनजाति) विकासका प्रतिफलबाट अलग रहने प्रक्रिया नै सामाजिक वञ्चितीकरण हो । जस्तै : जीविकोपार्जन, रोजगार, आम्दानी, सम्पत्ति, आवास, न्यूनतम उपभोग, शिक्षा, कल्याणकारी राज्य, नागरिकता, व्यक्तिगत सम्पर्क, सम्मान आदि । यसरी हेर्दा आर्थिक, सामाजिक तथा राजनीतिक क्षेत्र वञ्चित भएको देखिन्छ र ती एक अर्कामा अन्तर सम्बन्धित छन् । सामा जिक वञ्चितीकरणमा परेका हरुलाई नै सामाजिक समावेशीकरण गर्नु पर्ने हुन्छ । तर हाम्रो परम्परा अनुसार पहुँच वाला र टाठा बाठा नै समावेशीकरणमा पर्ने र तल्लो तहको नाम दिएर पछाडि पारिएकाहरु समेशीमा समावेश हुन नसक्ने कुरा व्यवाहरत प्रमाणित भएको छ । सामाजिक समावेशीकरण यस्तो सामाजिक प्रक्रिया हो जसले समाजमा रहेका गरीव, महिला, दलित एवं सुविधाविहिन जनजातिलाई केन्द्र विन्दु मानेर उक्त समाजका सम्पूर्ण वर्ग, लिङ्ग र जातजाति एकै थलोमा जम्मा भै आफू र आफ्नो समुदायको विकास गर्न संगठित, समानुपातिक साथै सक्रिय रुपमा सहभागी हुने र उपलब्ध स्रोत, साधन, सेवासुविधा र अवसरहरुको न्यायोचित ढंगले उपभोग गर्न पाउने अनुकुल वातावरण तयार गर्दछ ।

सामजिक समाबेशीकरण किन ?

  • सामाजिक न्याय स्थापना गर्न ,सामाजिक विखण्डन र द्धन्द सिर्जना हुनवाट समाजलाई जोगाउन , वञ्चिीतीमा परेकाहरुलाई मूल प्रवाहमा ल्याउन ,सामाजिक, आर्थिक विभेदका कारण सिर्जित द्धन्दलाई कम गरी शान्तिपूर्वक विकास कार्य गर्न ,सामाजिक सहअस्तित्व कायम गर्न सम्मान पूर्वक वाँच्न अवसर प्रदान गर्न , भैरहेका न्यायपूर्ण नीतिको कार्यान्वयन गर्न र थप नीति नियमहरु वनाउन , विकासको गतिलाई उचित वाटोमा लैजान ।

सामाजिक समावेशिकरण कसरी ?

  • “शुरुवात आफैंबाट” गर्नुपर्छ ,हरेक समुदायका व्यक्तिले गर्ने व्यवहार…ले समुदायले उसलाई गर्ने विश्वास र दृष्टिकोण निर्धारण गर्दछन् । बञ्चितिकरण अन्त्यका लागि सोचमा,संरचनामा,नितिमा व्यवाहारमा रुपान्तरण जरुरी छ । सामाजिक सामावेशीकरण घरपरिवारमा , समाजिक जिवनमा (सामाजिक कार्यहरु विभिन्न समुह उपसमुह ) ,निजि क्षेत्रमा , नागरिक समाज,सरकार(विभिन समिसत उप समिति नीति तथा कार्यक्रम निर्देशिका ) मा गर्नु पर्छ ।

नेपालको कुल जनसख्यामा करिब दुई तिहाइ जनसख्या सामाजिक बञ्चितिकरणमा परेका छन । समतामूलक समाज निर्माणमा गर्न सशक्तिकरण र सामाजिक समावेशीकरण विना असम्भव हुन्छ । हुन त नेपालमा समावेशीकरण दशौ यो जनामासामाजिक समावेशीकरण एउटा खम्बाको रुपमा रहयो त्यसैको फलस्वरुप विभिन्न क्षेत्रमा समावेशीकरणलाई आत्मसात गरिएको छ । तल्लो तहसम्म समावेश गरि कार्यान्वयन गर्ने पंक्ष फितलो भएकै कारण जति हुनु पर्ने हो हुन सकेको अवस्था छैन । पाखा पारिएका हरुले विकासमा अपेक्षाकृत लाभ लिन सकेका छैनन ।

आज हामी जति सुकै विकास निर्माण गरि प्रगति देखाए पनि सामाजिक समावेशीकरण विनाको विकास जहिले पनि अधुरो रहन्छ । लक्ष्य पुरा हुन्छ तर निरन्तरता र दिगो हँदैन । समावेशीकरणलाई तिन वोटा आधारमा हेर्नु पर्छ प्रतिनिधित्व, पहिचान र पहुँच समावेश गरिनु पर्ने वर्ग ,क्षेत्र लिंग सबैको पहिचान गरि विकास कार्यमा प्रत्नििधित्व गराउन आजको आवश्यकताहो । पाखा पारिएकाहरु विकास कार्यमा मुकदर्शक मात्र भइ रहने र लाभ लिन नपाउने हो भने विकासको अर्थ हुँदैन । तर्सथ सोच ,संरचना ,निति व्ययवाहार परिवर्तन गरि सामावेशीकरणमा आज सम्म समावेश हुन नसक्नेहरुको लागि पुलको काम गरि विकास कार्यमा सहभागि गराउनु अनिवार्यता भएको छ । समाजिक समावेशीकरण र सशक्तिकरणले समाजिक परिरवर्तन हुन्छ । सामाजिक परिवर्तनले सामाजिक विकास हुन्छ । यसरी भएको विकास मा समता ,शान्ति र दिगोपन हुन्छ । अस्तु ।

लेखक : (महिला तथा बालवालिका कार्यालय रोल्पाकी महिला विकास निरिक्षक हुनुहुन्छ )

जनआंकाक्षा साप्ताहिक बाट

सम्बन्धित