ताजा

रुपन्देहीका अस्थायी शिक्षक आन्दोलित

Published On: September 25, 2016 || 2073 असोज 9 आइतबार , at 8:09 PM

  • रबिन्द्र प्रताप गुप्ता

भैरहवा, ९ असोज । आन्तरिक प्रतिस्पर्धाको लागी हुने विज्ञापनमा फारम भर्ने अन्तिम मिति सम्म अवकाश वा प्रतिस्पर्धा रोज्न पाईने भए पनि सरकारले जवरजस्ती फारम भराएको भन्दै रुपन्देहीका अस्थायी शिक्षकहरु आन्दोलित भएका छन ।

photo-1विरोध स्वरुप अस्थायी शिक्षकहरुले आईतबार जिल्ला शिक्षा कार्यालय रुपन्देही अगाडी ३ घण्टा धर्ना बस्नुको साथै विज्ञापनको फारम समेत जलाएका थिए । अस्थायी शिक्षकहरुले जिल्ला शिक्षा अधिकारीलाई ज्ञापनपत्र बुझाउदै फारम नभर्ने निर्णय समेत गरेको अस्थायी शिक्षक आन्दोलन जिल्ला कार्य समिति रुपन्देहीका अध्यक्ष दया शंकर गुप्ताले बताए ।

असार १५ गते प्रकाशित शिक्षा ऐनलाई संशोधन गर्नुपर्ने लगायतका मागहरु राख्दै देशभरीका अस्थायी शिक्षकहरु यति बेला आन्दोलित भएका छन ।

सबै शिक्षकहरुले आन्तरिक प्रतिस्पर्धा गर्न पाउनुपर्ने, अघिल्लो शिक्षक ऐनमा भएका सेवा सुविधाहरु पाउनुपर्ने, सर्वोच्च अदालतको निर्णय अनुसार स्थायी शिक्षक सरह उपादान, औषधी उपचार र सञ्चीत विरामी विदाको रकम पाउनुपर्ने, अस्थायी सेवा अवधी गणना गर्नुपर्ने, ६० वर्ष उमेर नाघी अवकास भएका अस्थायी शिक्षकलाई पनि सेवा सुविधा पाउनुपर्ने लगायतका मागहरु पुरा नभएसम्म आन्दोलन जारी राख्ने अस्थायी शिक्षक आन्दोलन जिल्ला कार्य समिति रुपन्देहीका अध्यक्ष दया शंकर गुप्ताले बताए ।

photo-2धर्ना कार्यक्रममा ३ सय जना शिक्षकहरुको सहभागिता रहेको शिक्षक आन्दोलन समितिका कोषाध्यक्ष रविकान्त उपाध्यायले जानकारी दिए ।

सम्बन्धित