ताजा

विश्व पर्यटन दिवस मनाउन संयन्त्र गठन

Published On: September 25, 2016 || 2073 असोज 9 आइतबार , at 8:30 PM

  • रबिन्द्र प्रताप गुप्ता

भैरहवा, असोज ९ । सबैका लागि पर्यटन, विश्वव्यापी पहुंचमा पर्यटन भन्ने मूल नाराका साथ सेप्टेम्बर २७ तारिख अर्थात असोज ११ गते मंगलबार विश्वव्यापी रुपमा मनाउन थालिएको विश्व पर्यटन दिवस स्थलगत मार्ग हुदैं सबै भन्दा धेरै पर्यटक भित्रिने नाका बेलहियामा विशेष रुपमा मनाइने भएको छ ।

lumbini_nepalतेस्रो मुलुकका सबैभन्दा धेरै पर्यटक भित्रिने बेलहिया नाकामा मंगलबार विहान ८ बजे देिख विभिन्न साँस्कृतिक कार्यक्रम सहित पहिला आउने १५ जना पर्यटकलाई विशेष सम्मान पनि गरिने गरी तयारी थालिएको सिद्धार्थ एशोसियसन अफट्राभल एण्ड टुर एजेन्ट (साट्टा) का अध्यक्ष चन्द्र बहादुर थापाले जानकारी दिए ।

शनिबार बेलहिया स्थित पर्यटन बोर्डको कार्यलयमा सरोकारवालाहरु सहभागी भई बसेको बैठकले सोही दिन अन्य विभिन्न संघसंस्थासंग सहकार्य गरी यसवर्ष पर्यटन दिवसलाई भब्यताका साथ मनाउने तयारी थालेको हो । दिवस मनाउनको लागि साट्टाका अध्यक्ष थापा संयोजक र सिद्धार्थ होटल एशोसियसन (शान) का अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठ सह–संयोजक रहेको समिति चयन भएको छ ।

बैठकमा लुम्बिनी क्षेत्र पर्यटन प्रबद्र्धन विकास समितिका सदस्य कृष्ण प्रसाद अधिकारी सागर, साट्टाका संस्थापक अध्यक्ष विष्णु प्रसाद शर्मा, सिद्धार्थ उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष डा. शान्त कुमार शर्मा, नेपाल भारत मैत्री संघका अध्यक्ष श्रीचन्द गुप्ता, लुम्बिनी प्रेस क्लबका महासचिव नरेश के.सी, उद्योग व्यापार संगठनका सदस्य टिकाराम भट्टराई, साट्टाका उपाध्यक्ष गोविन्द सिंह, बेलहिया गाउँ समाजका सचिव सुमित प्रधान, पर्यटन प्रहरी प्रमुख मुकन्द गौतम, पर्यटन व्यवसायी लगायतको सहभागिता रहेको साट्टाका महासचिव मुकेश श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित