टेलिकमको एसएमएस सेवा अवरुद्ध, लाखौं प्रयोगकर्ता समस्यामा
Published On: February 13, 2017 || 2073 फाल्गुन 2 सोमबार , at 4:21 PM
काठमाडौं । नेपाल टेलिकमको जिएएसएम प्रिपेड र पोस्टपेडमा एसएमएस सेवा अवरुद्ध भएको छ । टेलिकमले एसएमएस सेवामा समस्या आएको भन्दै सुचारु हुन केही समय लाग्ने बताएको छ ।
प्राविधिक समस्याका कारण सेवा अवरुद्ध भएको बताउँदै टेलिकमका प्रवक्ता सोभन अधिकारीले समस्या सुल्झाउन प्रयत्न भइरहेको बताए ।
दिउँसो दुईबजेदेखि मोबाइलमार्फत हुने एसएमएसमा समस्या आएको हो । टेलिकमले भने ३ बजेपछिमात्रै आफूले यसको जानकारी पाएको बताएको छ ।
सेवा अवरुद्ध हुँदा टेलिकमका लाखौं प्रयोगकर्ता समस्यामा परेका छन् ।