ताजा

त्रिशुली नदिमा ‘र्याफ्टिङ राईडिङ’ कन्सर्ट हुने

Published On: February 28, 2017 || 2073 फाल्गुन 17 मंगलबार , at 9:22 PM

काठमाण्डौं । पर्यटन प्रवद्धनको लक्ष्य सहित त्रिशुली नदिमा ‘र्याफ्टिङ राईडिङ’ कन्सर्ट हुने भएको छ । म्यूजिक माउन्टेनियरिङ्ग कल्चर एक्सपिडिसन नेपालको आयोजना हुन लागेको हो । मंगलवार राजधानीको पर्यटन वोर्डमा पत्रकार सम्मेलन गरि कार्यक्रमबारे जानकारी दिइयो ।

कार्यक्रम “पर्यटनका लागी संगीत” भन्ने नारा दिएर फागुन २१ गते शनिवारका दिन त्रिशुली नदीको फिस्लिङ्ग देखी कुरिनटार सम्म करिब ७ किमिको दुरीमा डुंगा मार्फत जलयात्रा गरेर कन्सर्ट ट हुने आयोजक संस्थाका अध्यक्ष एवं कार्यक्रमका टिम लिडर ईन्सु राईले जानकारी दिए ।

कार्यक्रमलाई नेपाल एसोसियसन अफ र्याफ्टिङ्ग एजेन्सीज(नारा) र नेपाल खाद्य वैंकले मुख्य सहयोग गरेका छन् । नदिमा जलयात्रा गर्दै र्याफ्टिङ्ग राईडिङ्ग कन्सर्ट विश्वमा नै पहिलो पटक नेपालमा आयोजना हुन लागेको राईले बताए ।

उनले पर्यटनका प्रवद्धनका लागी जलयात्रा गर्दै विभिन्न संगीतिक प्रस्तुती दिने र त्यको उदेश्य नेपालमा जलयात्रा गर्नु सुरक्षित र असाध्यै रोमाञ्चकारी यात्रा पनि हो भन्ने प्रचार प्रसार गर्नु भएको बताए ।

जलयात्रामा संगितीक प्रस्तुती सहितको यात्रा गराउनु निक्कै चुनौतीपुर्ण भएकाले हामी कार्यक्रममा सहभागी हुने कलाकार एवं अन्य अतिथिहरुलाई सुरक्षित एवं सहज यात्रा गराउनको लागी तयार रहेको नाराका माहासचिव शेखर थापाले बताए ।

उक्त कन्सर्टमा विजय लामा, मनिषा पोखरेल, रेखा पौडेल, ईन्सु राई, टार्जन लिम्वु, वालकुमार श्रेष्ठ, डिजे विमल लगायतका कलाकारहरुको प्रस्तुती दिनेछन् । कार्यक्रमलाई गिनिज बुक अफ वल्र्ड रेकर्डमा समेत दर्ता गराईने प्रयास गरिने छ ।

कार्यक्रममा नेपाल खाद्य वैंकका अध्यक्ष रामराजा श्रेष्ठ, गायक धिरज राई, लगायतको उपस्थिति थियो ।

सम्बन्धित