ताजा

प्रधानमन्त्रीसँग चिनियाँ उपप्रधानमन्त्रीको शिष्टाचार भेट

Published On: March 24, 2017 || 2073 चैत्र 11 शुक्रबार , at 7:39 PM

काठमाडौं। एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनमा भाग लिन हाइनान् प्रान्तको बोआओ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चीनका उपप्रधानमन्त्री झाङ गोलीले आज शिष्टाचार भेट गरेका हुन् ।

त्यसअवसरमा उनीहरुबीच नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा छलफल भएकोे उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

उक्त सम्मेलनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आजै बोआओ पुगेका हुन्। रासस

सम्बन्धित