ताजा

जिल्ला अस्पताल रोल्पाको आधुनिक भवन बन्ने

Published On: December 5, 2017 || 2074 मंसिर 19 मंगलबार , at 10:53 AM

  • मनिषा राई

                                 ५० सैया अस्पताल नयाँ भबन निर्माण कार्य सुरु । तस्बिर : कुलबहादुर डाँगी / रोल्पा

रोल्पा । जिल्ला अस्पताल रोल्पाको ५० शैयाको आधुनिक भबन बन्ने भएको छ । भ्याट बाहेक २९ करोड ५१ लाख २२ हजार ४ सय ८२ रुपैयाको लागतमा तयार हुने आधुनिक भबनको निर्माण कार्य सुरु गरिएको हो । ४ वटा अलग-अलग भवन तयार गरिने छ । अस्पताल भवन, क्यान्टिन ब्लक, स्टाफ क्वाटर र पोष्र्टमार्टम भबन बन्ने सहरी बिकास तथा भबन डिभिजन कार्यालयका प्रमुख ईश्वरराज जोशीले बताए ।

४ हजार ५ सय ८४ दशमलब ५४ बर्गमिटर क्षेत्रफलमा बन्दै गरेको भबनको जिम्मेवारी आशिष श्री जयन्ती ड्रागन जेभीले लिएको छ । ०७७ असोज मसान्त सम्म भबन तयार भएर हस्तान्तरण हुने कार्यालय प्रमुख जोशीले जनाए ।

१५ शैया रहेको जिल्ला अस्पतालमा आधुनिक भबन निर्माण भए पछि सैया र सेवा थप हुने छन । १५ शैयाको रोल्पा अस्पतालमा हाल सम्म बिरामी राख्ने ठाउँ नहुदा स्वास्थ्यकर्मीहरु हैरान हुने गरेको र अब ५० सैयाको अस्पताल बने पछि सेवा प्रबाहमा सहजता आउने जिल्ला अस्पताल रोल्पाका सिनियर अहेव कुलबहादुर डाँगीले बताए ।

सम्बन्धित