ताजा

प्रदेश ७ को समृद्धिका लागि देउवासँग सहकार्य गरेर अघि बढ्छु : रावल

Published On: December 12, 2017 || 2074 मंसिर 26 मंगलबार , at 10:23 PM

  • गोविन्द कुँवर

एमाले नेता – भीम रावल

अछाम । साँफेबगरमा मंगलबार वाम गठबन्धनले विजयसभाको आयोजना गरे । साँफेबगरको सभामा एमाले उपाध्यक्ष तथा अछामबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य भीम रावलले सम्बोधन गरे ।

सभामा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता रावलले निर्वाचनबाट प्राप्त जनमतका आधारमा अबको केही दिनमै बाम गठबन्धनको सरकार बन्ने बताए । बाम गठबन्धनको नेतृत्वमा सरकार बनेपछि मुलुक समृद्धिको दिशा तिर जाने दाबी गरे । “म प्रदेश नं.७ को समृद्धिका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग सहकार्य गरेर अघि बढ्छु” उनले भने ।

कार्यक्रममा प्रदेशसभा सदस्य गोबिन्द कुँवर र झपट बोहराले पनि प्रतिबद्धता मन्तव्य राखे ।

सम्बन्धित