ताजा

प्रदीप ज्ञवाली बिना विभागीय मन्त्री बन्दै

Published On: March 5, 2018 || 2074 फाल्गुन 21 सोमबार , at 3:19 PM

काठमाडौं । प्रत्यक्षरुपमा प्रधानमन्त्रीको मातहतमा रहने गरी एमाले नेता प्रदीप ज्ञवालीलाई बिना विभागीय मन्त्री बनाइने भएको छ ।

संशोधित कानुनु र संरचना अनुसार राष्ट्रिय अनुसन्धान विभाग, राजश्व अनुसन्धान विभाग, सम्पत्ति शद्धिकरण विभाग र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका गतिविधि समेत प्रधानमन्त्री कार्यालय अन्तर्गत नै पर्ने हुनाले बिस्तारित दायित्वमा प्रधानमन्त्रीलाई सघाउन ज्ञवालीलाई नयाँ जिम्मेवारी दिइने तयारी भएको एक उच्च राजनीतिक स्रोतले देश सञ्चारलाई बतायो ।

ज्ञवालीको जिम्मेवारीमा कुनै खास मन्त्रालय भने रहने छैन । प्रधानमन्त्री कार्यालय अन्तर्गत बिना विभागीय मन्त्रीसँगै सुरक्षा तथा परराष्ट्र मामिलामा सल्लाह दिन राष्ट्रिय सुरक्षा सल्लाहकारको शत्तिशाली संरचना स्थापित गर्ने तयारीमा पनि प्रधानमन्त्री केपी शर्मा ओली रहेको स्रोतले बतायो ।

– दीपा दाहाल / देश सञ्चार

सम्बन्धित