ताजा

कति पटक यौन सम्पर्क गर्दा, स्वास्थ्यका लागि फाईदा हुन्छ !

Published On: March 6, 2018 || 2074 फाल्गुन 22 मंगलबार , at 6:39 PM

यौन अत्यावश्यक विषय हो । मानव जीवनमा यसको छुट्टै महत्व छ । जसरी शरीरलाई खाना चाहिन्छ , आहार बीना शरीर बाँच्न नसके झै लगभग त्यसरी नै शरीरले यौन चाहाना पनि राख्दछ । सामान्यतया हाम्रो समाजमा यौन जीवन विवाह पश्चात शुरु हुन्छ तर त्यो भन्दा पहिला पनि युवा युवतीमा यौन इच्छा नहुने भने होइन । मानिसको किशोराबस्था शुरु भएपछिनै यौन चाहाना हुनु स्वभाविक हो । यो अवस्थामा शारीरिक सम्पर्क राख्ने चाहना अधिक हुन्छ । युवा युवतीले आफ्नो चाहानालाई पुरा गर्न नपाएमा अपनाउने भनेको हस्तमैथुन हो । यौन जीवनको सुरुवात हस्तमैथुनबाट हुन्छ भन्दा पनि अतोसयुक्ति नहोला । शारीरिक सम्पर्क नहुँदा अधिकांश किशोरावस्थाका युवायुवतीले हस्तमैथुन गर्छन् ।

हाम्रो समाजमा जव युवायुवतीको विवाह हुन्छ अनि यौन क्रियाकलाप शुरु हुन्छ । अर्थात उनिहरुको अर्थात उनिहरुले बैधानिकता प्राप्त गर्दछन् । हामीले गर्ने गरेको यौन सम्पर्क सामान्यतया हप्तामा कति पटक गर्छौ ? आफु अनि आफ्नो पाट्नरको हप्तामा कति पटक गर्नलाई उत्सुक होलान् विचार पुर्याएर सम्भोग गरे दुवैले चरम सन्तुष्टि पाउन सहज हुन्छ जसले यौन जीवनलाई सुखमय बनाउँछ । जसले दुवैको सम्बन्ध गाढा अन्यान्याश्रित बनाउन सहयोग गर्छ ।

प्राय हाम्रो समाजका युवायुवती वा नव विवाहित जोडि दैनिक रुपमा यौन सम्पर्क राख्ने एक अनुसन्धानले देखाएको छ । तर दैनिक रुपमा गरिने यौन सम्पर्कले दुवैलाई क्षणिक इच्छा पुरा गरेपनि प्राप्त गर्नुपर्ने जति सुख, आनन्द मिल्दैन । अझ यसले शारीरिक रुपमा असर गर्नपनि सक्ने कुरा यौन चिकित्सकहरु बताउँछन् ।

केही मानिसहरु हप्ता वा महिनामा एक पटक मात्र सम्पर्क राख्छन् । त्यसमा पनि पाट्नरको इच्छा दबेको हुन सक्छ । यो पनि लाभप्रद नहुन सक्छ । यसर्थ हप्तामा तीनपटक यौन सम्पर्क गरे आफ्नो वैवाहिक जीवन स्वस्थ र शुखमयम हुन्छ भनिन्छ ।

हालै गरिएको एक अनुसन्धानले एक तथ्य सार्वजनिक गरेको छ । जसमा हप्तामा तीन पटक यौन सम्पर्क राख्ने जोडिको जीवन शुखमय तथा दुवैको सम्बन्ध राम्रो भएको तथ्यांक छ ।

यदि तपाई आफ्नो वैवाहिक जीवन स्वस्थ, शुखमय र खुसिले भरिएको बनाउन चाहनुहुन्छ भने हप्तामा तीन पटक यौनसम्पर्क राख्ने गर्नुहोस र हरेक दिन ४ पटक आफ्नो श्रीमान वा श्रीमतीलाई चुम्वन गर्ने गर्नुहोस’ त्यस अनुसन्धान प्रतिवेदनमा भनिएको छ ।

त्यस अनुसन्धानमा २८ देखि ३५ वर्ष उमेर समुहका वैवाहिक जोडिमा विवाह भएको दिन देखि दुई वर्षसम्म वैवाहिक जीवन विताएका मानिसलाई प्रश्न गरिएको थियो । अधिकांश मानिसहरुले हप्तामा कम्तिमा तीनपटक यौन सम्पर्क गर्ने गरेको र दिनहुँ आफ्नो पाट्नरलाई चार पटक चुम्वन गर्ने गरेको बताएका थिए । अर्थात दिन विराएर यौन सम्पर्क राख्ने तथ्यांकले देखाएको थियो ।

केहीले हप्ताको सातै दिन र केहीले एकपटक यौन सम्पर्क गर्ने गरेको बताएका थिए । जसमा सवैभन्दा खुसी र स्वस्थ्य जोडी हप्तामा तीनपटक यौन सम्पर्क गर्ने र दैनिक चार पटक आफ्नो जोडिलाई चुम्बन गर्ने मानिसहरु रहेका थिए ।

यसरी यस अनुसन्धानलाई आधार मान्ने हो भने मानिसले एक महिनामा लगभग १२ पटक आफ्नो जीवनसंगि संग यौन सम्पर्क राखे स्वास्थ्यको हिसावले तथा पारिवारीक सम्बन्धको हिसावले लाभप्रद मानिन्छ । आफ्नो पाट्नरको स्वास्थ्य अवस्था तथा चाहानालाई मध्यनजर राख्दै यौन सम्पर्क गर्नुनै श्रेयस्कर हुन्छ । अनुसन्धानले जे जसो भने पनि आफ्नो पाट्नरको इच्छा चाहानालाई ख्याल राख्दै यौन सम्पर्क गर्नु नै उचित हुन्छ ।

– एजेन्सी

सम्बन्धित