ताजा

बिद्यार्थीहरुले तनाब ब्यबस्थापन गरि, सकरात्मक सोच राख्नु पर्ने

Published On: March 10, 2018 || 2074 फाल्गुन 26 शनिबार , at 5:58 PM

रोल्पा । नेपाल माध्यमिक बिद्यालय कोटगाउँमा माध्यमिक शिक्षा परिक्षाको तयारीमा रहेका बिद्याथीहरुका लागि तनाब ब्यबस्थापन र सकरात्मक सोच सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

सकारात्मक सोच र तनाब ब्यबस्थापनका बारेमा पत्रकार एबम् मानब अधिकारकर्मी खेम बुढामगरले सहजिकरण गर्नुभएको थियो । सकारात्मक सोचले बिद्यार्थीहरुलाई लक्ष्यमा पुग्न संघाउने बताउर्दै, बिद्यार्थीहरुले शैक्षिक ज्ञानका लागि सकारात्मक सोच र जिज्ञासु हुनुपर्ने बुढामगरले बताउनुभयो ।

अभिमुखिकरण कार्यक्रममा बिद्यालयको माध्यमिक शिक्षा परिक्षको तयारीमा रहेका ४३ जना बिद्यार्थींहरुलाई अभिमुखिकरण गरिएको मानबअधिकार सचेतना केन्द्र हुरेक रोल्पाका सामाजिक परिचालक हरिसरा घर्तीमगरले जानकारी दिनुभयो । नेपाल माबि कोटगाउँको संयोजन तथा हुरेक रोल्पाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

अभिमुखिकरण कार्यक्रममा बिद्यालयका प्रधानध्यापक कृष्णबहादुर पुनमगरले बिद्यार्थीहरुले सकारात्मक सोचका साथ आफू भित्र भएको तनावको व्यवस्थापन गरि, व्यवहारमा उतार्ने विषयमा आफू विश्वस्त हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा हुरेक रोल्पा शिक्षा कार्यक्रम अन्र्तरगत हामी सिक्न सक्छौ परियोजनाका कार्यक्रम संयोजक कृष्ण घर्तीमगरले जिल्लाका बिभिन्न बिद्यालयहरुमा योगा अभ्यास सगैँ उक्त अभिमुखिकरण कार्यक्रम सुरु गरिएकोे बताउनुभयो ।

सम्बन्धित