ताजा

भोक मेटेरमात्र हुँदैन, खान जान्नुपर्छ

Published On: March 21, 2018 || 2074 चैत्र 7 बुधबार , at 9:13 AM

हामी दिनमा धेरै पटक खानेकुरा खान्छौं । तर, हामीले खाएको खानाले शरीरमा कसरी काम गरिरहेको छ ? भनेर सायदै मनन गर्छौं । शरीरलाई आवश्यक खाना खयौं वा खाएनौं भन्ने कुरामा पनि हाम्रो ध्यान त्यती जाँदैन । किनभने हामीसँग रेडिमेड धारणा के छ भने, खानुपर्छ । यो कुरा पनि त्यसबेला महसुष हुन्छ, जतिबेला हामीलाई भोक लाग्छ ।

भोक लागेपछि खाना खोज्छौं । खाना खोजेपछि स्वाद खोज्छौं । खानासँग स्वादको नाता हुन्छ । त्यही कारण हामी स्वादिलो खानेकुरा खोज्छौं ।

खाना किन खाने, खानामा के कस्ता तत्व सामेल हुन्छन्, शरीरलाई ति तत्वहरु कति आवश्यक हुन्छ भन्ने सामान्य ज्ञानको कुरा हामीले बुझ्नैपर्छ ।जबकी खाना त्यही स्रोत हो, जसले हामीलाई जिउँदो राख्छ । हाम्रो प्राण बचाउने भनेकै खानाले हो । त्यतीमात्र होइन, हामीलाई स्वस्थ्य राख्ने, निरोगी राख्ने, तन्दुरुस्त राख्ने, जवान राख्ने पनि खानाले नै हो । तर, समूचित ढंगले सेवन गरिने सन्तुलित खानाले ।

पोषक तत्व

खाना खानुको खास अर्थ भनेको त्यसमा रहेको पोषक तत्व प्राप्त एवं ग्रहण गर्नु हो, जसले हामीलाई उर्जा दिन्छ । जीवन दिन्छ । ताकत दिन्छ । स्फूर्ति दिन्छ ।

शरीरको कार्य-संचालन र वृद्धि विकासका लागि विभिन्न पौष्टिक तत्वको आवश्यक हुन्छ । र, ति अधिकांश पौष्टिक तत्वको स्रोत भनेका खाना नै हुन् ।

पोषक तत्व अर्थात न्युट्रेशन हामीले खानाबाट प्राप्त गर्छौं । यसमा हाइट्रोजन, अक्सिजन, क्याल्सियम, फस्फोरस, फलाम, आयोडिन, प्रोटिन, मिनरल्स आदि पर्छन् ।

किन पोषक तत्व ?

यी विभिन्न पोषक तत्व मिलेर शरीरको सेल, टिस्यु, अंगहरुको निर्माण हुन्छ । पोषक तत्वले शरीरको सम्पूर्ण कार्य संचालन गराउनुका साथै वृद्धि विकास र मर्मत कार्यलाई निरन्तर जारी राख्छ । शारीरिक, मानसिक, बौद्धिक विकासका लागि सन्तुलित आहार लिनुपर्छ । सन्तुलित, स्वस्थ्य र सुपाच्य खानाले शरीरलाई तन्दुरुस्त र जवान राख्छ । साथसाथै रोगसँग लड्ने क्षमता पनि विकास गर्छ ।

१. सेलको निर्माण गर्नु तथा संभार गर्नु ।

२. टिस्युको निर्माण तथा संभार गर्नु ।

३. रोग प्रतिरोधात्मक क्षमता बढाउनु ।

४. मानसिक क्षमताको विकास गर्नु ।

पोषक तत्वको सम्बन्ध शरीरको वृद्धि-विकासका साथै संभावित रोगको संक्रमणसँग लड्ने क्षमता विकास गर्नु पनि हो ।

खानाको वर्गिकरण

खाना थरीथरीका हुन्छन् । यसलाई उत्पतीको आधारमा, रासायनिक संरचनाको आधारमा, कार्यक्षमताको आधारमा विभाजन गरेर हेर्न सकिन्छ ।

हामीले प्राप्त गर्ने खाना मूलत दुईथरीका छन् ।

मांसहारी र शकाहारी । यसलाई रासायनिक संरचनाको आधारमा यसरी विभाजन गरिएको छ ।

-कार्बोहाइड्रेट

-प्रोटिन

-फ्याट/आयल

-भिटामिन

-मिनरल्स

सबै किसिमको खानाले एकैनासको काम गर्दैन । कुनै खानाले शक्ति प्रदान गर्छ । कुनै खानाले शरीरको कोषहरुको मर्मत गर्छ । कुनै खानाले रक्षात्मक क्षमताको विकास गर्छ ।

कार्बोहाइड्रेट

कार्बोहाइड्रेट खानाको प्रमूख स्रोत हुन् । यसले शरीरलाई शक्ति प्रदान गर्छ । हाम्रो शरीरलाई चाहिने पूर्ण शक्तिमध्ये ६२ देखि ८० प्रतिशतसम्म शक्ति खानाबाट प्राप्त हुन्छ ।

कार्बोहाइड्रेट केबाट प्राप्त हुन्छ त ? यो अन्न तथा सब्जी दुबैबाट प्राप्त हुन्छ । चामल, गहुँ, मकै, फापर, जौ, मुला, आलु, पिँडालु, सखरखन्ड, सागसब्जी, चिनी, उखु, मह, जेरी, जाम आदिमा कार्बोहाइड्रेड पाइन्छ ।

प्रोटिन

प्रोटिन हाम्रो शरीरलाई आवश्यक हुने अति महत्वपूर्ण तत्व हो । अमिनो एसिडका स-साना युनिटहरु मिलेर प्रोटिन बन्छ । शारीरिक तथा मानसिक विकासका लागि प्रोटिन चाहिन्छ । बच्चाहरुको वृद्धि, विकासका लागि प्रोटिन आवश्यक हुन्छ । अन्डा, माछा, दुध, बदाम, सुकेको सिमी, दाल, केराउ, भटमास, चामल, मकै, कोदो, गाढा हरियो सब्जीबाट प्रोटिन प्राप्त हुन्छ ।

फ्याट/आयल

शरीरलाई शक्ति प्राप्त गर्नका लागि फ्याट चाहिन्छ । फ्याट स-साना फ्याटी एसिड मिलेर बनेको हुन्छ । मुटु, मिर्गौला, कलेजो जस्ता भित्री अंगलाई बोसोले सुरक्षित राख्छ । जाडोमा शरीरलाई न्यानो राख्न पनि यसको महत्व हुन्छ ।

घिउ, मख्खन, बोसो, दुध, माछाको तेल, अन्डा, बदाम, तेल, गहुँ, नरिवल आदिबाट शरीरलाई बोसो प्राप्त हुन्छ ।

मिनरल्स

मानव शरीरको हड्डी, दाँत, मांसपेशी आदि निर्माणको लागि मिनरल्स आवश्यक हुन्छ । हाम्रो शरीरमा विभिन्न २४ प्रकारको मिनरल्स आवश्यक हुन्छ । जस्तो कि, आइरन, क्याल्सियम, आयोडिन, फस्फोरस आदि ।

आइरनले रातो रक्त कोशिका निर्माणमा सहयोग गर्छ । कलेजो, मासु, अन्डाको पहेंलो भाग, दुध, अंगुर, हरियो सागसब्जीमा आइरन पाइन्छ ।

हड्डीको विकास तथा रक्षाका लागि शरीरमा क्याल्सियम आवश्यक हुन्छ । दुध, अन्डा, चामल, सागपात, दही, ओखर आदिमा क्याल्सियम पाइन्छ ।

आयोडिन पनि शरीरलाई आवश्यक पोषक तत्वमा पर्छ । आयोडिनको अभावमा शारीरिक विकास समूचित ढंगले हुँदैन । आयोडिन न’न, सागसब्जी, मासु, दुध, समुन्द्री खानामा पाइन्छ ।

फस्फोरसले दाँत र हड्डीको विकासमा सघाउँछ । यो क्याल्सियमसँग मिलेर हड्डीमा पुग्छ । गेडागुडी, बिँया आदिमा फस्फोरस पाइन्छ ।

मिनरल्सको स्रोत पानी  पनि हो । प्राकृतिक पानीमा मिनरल्सको मात्रा हुन्छ । शरीरमा पानीको अति महत्वपूर्ण भूमिका हुन्छ । यसले शरीरको तापमान सही र सन्तुलित राख्छ । घाद्य वस्तुहरुलाई घुलनसिल बनाउँछ । शरीरबाट अनावश्यक पदार्थ बाहिर निकाल्छ ।

हाम्रो शरीरभित्र भिटामिन बन्दैन । यो वाहिरी खानेकुराको माध्याबाट लिनुपर्ने हुन्छ । भिटामिनले रोगसँग लड्ने क्षमता विकास गर्छ । माछाको तेल, अन्डाको पहेंलो भाग, घिउ, दुध आदिमा भिटामिन पाइन्छ ।

सम्बन्धित