ताजा

रोल्पामा कला उत्सव हुने

Published On: July 1, 2018 || 2075 आषाढ 17 आइतबार , at 7:19 PM

काठमाडौँ । रोल्पामा कला उत्सव हुने भएको छ । सुनछहरी साहित्य तथा कला समाजको आयोजनामा महोत्सव हुन लागेको हो ।

महोत्सवबारे आइतबार सदरमुकाम लिवाङमा पत्रकार सम्मेलनगरी जानकारी दिइयो ।
कला साहित्य समाजका अध्यक्ष महेश मानवका अनुसार कला उत्सवमा राष्ट्रिय स्तरका कवि, लेखक, साहित्यकार तथा पत्रकारहरुको उपस्थिति रहने छ । महोत्सवमा ‘रोल्पादेखी रोल्पा सम्म’, ‘आजका नेपाली कविता’ शस्त्रमा बहस हुने छ भने ‘हाम्रा कविता रोल्पा बिशेष’ वाचन कार्यक्रम, कविताकोलाज लगायत अन्य शस्त्रहरु पनि रहने छन्।

असार २३ गते शनिबार हुने उत्सवमा सुनछहरी गाउँ पालिकाको पहिचानलाई कला साहित्य मार्फत प्रचार प्रसार गरी सुनछहरी भित्र रहेका विभिन्न प्राकृतिक साँस्कृतिक तथा युद्ध पर्यटनको सम्भावनालाई राष्ट्रव्यापी रुपमा चिनाउने कार्यक्रमको मुख्य उदेश्य रहेको कबि तथा साहित्यकार दीप दर्पनले जानकारी दिए।

सुनछहरी गाउँपालिका रोल्पा जिल्लाकै विकत गाउँपालिका हो। यहा पर्यटकीय सम्भावना बोको क्षेत्रहरु सुनछहरी झरणा,जलजला, विवाङ दह(ताल) तीन कुठी भिर,तिलाचन लगायत प्राकृतिक क्षेत्रहरु छन्।

सम्बन्धित