ताजा

मास्टर थापा भन्छन् : नेपाल विश्वका हिन्दुकाे, आस्थाको केन्द्र हो ।

Published On: February 11, 2019 || 2075 माघ 28 सोमबार , at 3:25 AM

मुम्बई । शिब सेनाका नेता, नेपाली श्रमिक मजदुर युनियन भारत तथा नेपाली कामगार सेना भारत प्रमुख मास्टर थापाले जनताको चाहनाअनुसार संविधानमा रहेका त्रुटी सच्याउनुपर्ने बताएका छन्। उनले संबिधान संसाेधन गरेर, उबेला सुझाव संकलनका क्रममा आएका जनमतको सम्मान गर्नुपर्नेमा समेत जोड दिए।

“विश्वको एक मात्र हिन्दु राष्ट्रका रूपमा चिनिएको नेपाल तीन अर्बभन्दा बढी विश्वका हिन्दुकाे आस्थाको केन्द्र हो”। “यस्तो गौरवमय राष्ट्रको अस्मिता र पहिचान समाप्त पारेर इसाईकरणतर्फ लैजानु उचित हुँदैन”। “नेपाललाई हिन्दु राष्ट्रका रूपमा कायम राख्नु विश्वका हिन्दुधर्मावलम्बीप्रतिको सम्मान हुनेछ” थापाले भने।

नेपाल हिन्दु राष्ट्र रहँदा इसाई, मुसलमान आदि सबै आफ्नो धर्म मान्न स्वतन्त्र रहने उनले बताए। सबै धर्मावलम्बीलाई आफ्नो धर्म, संस्कार र परम्पराअनुसार चल्ने स्वतन्त्रता हिन्दु धर्मले नखोस्ने समेत नेता थापकाे तर्क छ।

“हिन्दु धर्म सबैप्रति उदार र सहिष्णु छ”। “तर नेपालमा अनेकौं प्रलोभन दिएर धर्मपरिवर्तन गराउनेप्रति नेपाली सहिष्णु बन्न सक्दैनन्”। “नेपाललाई धर्मनिरपेक्ष राष्ट्रका रूपमा व्याख्या गर्नेहरू वैचारिक रूपमा दिग्भ्रमित भएको पाइन्छ” थापाले भने।

नेपाल हिन्दु अधिराज्यका रूपमा रहँदा पनि कसैको हानि-नोक्सानी नहुने उनले जनाए। पश्चिमाहरू विश्वलाई इसाईकरण गरेर आफ्नो साम्राज्य स्थापना गर्न चाहेकाे उनको दाबी छ। माअाेबादी शान्ति प्रक्रियामा, अाएपछि नेपालमा पनि यसको प्रभाव परेको र देशको पहिचानमा धक्का लाग्दा नेपालका मात्र होइन, विश्वभरका हिन्दु चिन्तित भएको थापाले बताए। थापाले भने : “यस्तो अवस्थामा नेपाललाई धर्मनिरपेक्ष राष्ट्रको समर्थन गर्नेहरू किन सहअस्तित्वको भावनालाई कुठराघात गर्न खोजिरहेका छन्”। “हिन्दु राष्ट्र नेपालको पहिचान हो अनि सुरक्षा अवधारणाको आधार पनि”।

सम्बन्धित