ताजा

जापान जान तयार हुनुहाेस् : केही सातापछि नेपाली कामदार पठाउने

Published On: February 13, 2019 || 2075 फाल्गुन 1 बुधबार , at 3:57 PM

बिबिसी – जापानमा नेपाली कामदार पठाउँदा उनीहरू कसैबाट पनि नठगिने र उनीहरूको रोजगारी सुरक्षित हुने गरी जापान सरकारसँग सम्झौता गरिने नेपाली अधिकारीले बताएका छन्। जापानमा केही सातापछि नै नेपाली कामदार पठाउने प्रक्रिया थालिने बताइएको छ। तर जापान सरकारले कामदार लिने संयन्त्र र कार्यविधिको प्रक्रियाबारे अन्तिम निर्णय गरिनसकेकोले ढिलाइ भइरहेको नेपाली अधिकारीहरूले बताएका छन्।

जापानसँग सरकार(सरकारबीच हुने जी(टू(जी, वा कोरियासँग जस्तै वैदेशिक रोजगार व्यवसायीलाई जिम्मा दिने ईपीएस प्रणाली लागु गर्ने विकल्पहरू नेपालसँग छन्। आकर्षक गन्तव्यका रूपमा रहेको जापानमा केही एशियाली देशका कामदारका लागि रोजगारी खोल्ने घोषणा गरिएलगत्तै जापान जानेबारे प्रक्रिया बुझ्ने नेपाली श्रमिकहरूको सङ्ख्या बढिरहेको बताइन्छ।

‘जापान जाने तयारी’ भन्दै नयाँ व्यापार किन सुरुरु स् तर जापान पठाउने तयारी गर्ने भन्दै कैयौँले नेपालका सहरबजारमा जापानी भाषा सिकाउने लगायतका काम थालेकाले कतिपय कामदार गलत जानकारीमा फस्न सक्ने र उनीहरू ठगिनसक्ने भन्दै सरकारले नै चिन्ता व्यक्त गरिसकेको छ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेका अनुसार जापानी पक्षले कामदार पठाउने संयन्त्र र कार्यविधि बनाउन ढिला गरेकोले उनीहरूको जवाफको प्रतीक्षा भइरहेको छ।

सम्बन्धित