ताजा

माधब नेपालले भने: जनयुद्ध पार्टीमा मान्य छैन, अाेली पनि घुम्बाराही गएनन्

Published On: February 13, 2019 || 2075 फाल्गुन 1 बुधबार , at 5:37 PM

नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरूलाई जनयुद्ध दिवस मान्य नरहेको बताएका छन् ।

नेकपाले देशव्यापी रूपमा जनयुद्ध दिवस मनाइरहँदा जनकपुर पुगेका बरिष्ठ नेता नेपालले त्यो पार्टीको जनयुद्ध दिवस मनाउने पार्टीको निर्णय नभएर प्रचण्डको निजी निर्णय भएको आरोप लगाएका छन् । वरिष्ठ नेता नेपालले पार्टीलाई जनयुद्ध दिवस मान्य नहुँने समेत बताए ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष पुष्पकमल दाहालले जनआन्दोलन र जनयुद्धका सहिदहरूलाई श्रद्धाञ्जली दिएपनि अर्का अध्यक्ष ओली भने सहभागी थिएनन् ।

उनले पार्टीको परिपाटी अध्यक्षले नै बुझ्न नसक्नु दुःखद रहेको बताए । उनले जनयुद्धको मात्र नभई सबै आन्दोलनका शहीदहरूको सम्मान गर्नुपर्ने धारणा राखेका थिए ।

एक अर्को प्रसंगमा नेता नेपालले सरकारले एक वर्षको अवधिमा गरेको राम्रो कामको प्रशंसा र नराम्रो कामको आलोचना गर्न सञ्चारकर्मीहरूलाई आग्रह गरे।

सम्बन्धित