ताजा

बालकृष्ण पाण्डेले जाेगाए, भारतबाट यी ५ चेलीकाे ज्यान

Published On: February 13, 2019 || 2075 फाल्गुन 1 बुधबार , at 6:09 PM

भारतमा बेचिन पुगेका ५ जना नेपाली महिलाकाे उद्धार गरिएको छ। भारतको उत्तर प्रदेश राज्यको आग्राको कोठीमा बेचिएका, ती नेपाली महिलाको समाजसेवी बालकृष्ण पाण्डे र माइती इन्डियाको विशेष पहलमा उद्धार गरिएको हो ।

भारतमा दलाल र नक्कली बाबुआमा बनी उद्धार गरिएका पीडितहरुलाई पूनः बेच्ने गरेको पाइएपछि समाजसेवी बालकृष्ण पाण्डेको पहलमा भारतको विशेष अदालत र जिल्ला अदालतको निर्देशन बमोजिम उनीहरुर परिवारको डि.एन. ए परिक्षण गरी बेचिएका महिलाको उद्धार गरिएको हो ।

५ चेलीहरुमध्ये ३ जना चेलीहरुलाई प्रहरी प्रधान कार्यालयका ए.आई.जी. पुस्कर कार्की, एस.एस.पी. ईश्वर बाबु कार्की, एस.पी. कृष्ण हरि शर्माको समन्वयमा अपराध अनुसन्धान विभाग केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाका प्रमुख राकेश कुमार सिंहको नेतृत्वमा डि.एस.पी. रविन भण्डारीको टिमले सात दिनभित्रमै परिवारजन र पीडितको डि.एन.ए. रिपोर्ट तयार पारेको थियो ।

नेपालमा भारतबाट उद्धार गरी ल्याईएका पीडित महिला चेलीहरुलाई आवश्यक कागजातहरुका साथै डि.एन.ए. परीक्षण गरी हस्तान्तरण गरिएको यो प्रथम पटक हो ।

अन्ततः १७ महिनाको नरकिय जीवन र १२ महिना भारत सरकारको संरक्षणमा रहेका चेलीहरुलाई सम्पूर्ण प्रक्रिया पूरा गरी आज परिवारजनलाई हस्तान्तरण गर्न सफल भएको हो । पिडित महिलाको उद्धारको लागि नेपाल दूताबास, नेपाल प्रहरी, माइती ईण्डियाको टिम सहकार्य गरेको थियो ।

सम्बन्धित