ताजा

प्रणय दिवस: नेपाली संस्कार र हिन्दु बिचार भुल्दै गएका हामी ?

Published On: February 14, 2019 || 2075 फाल्गुन 2 बिहिबार , at 5:04 PM

गणेश सिंह पुजारा

सबैका अा-अाफ्ना बिचार छन्। मेरा पनि बेग्लै बिचारहरु छन्। यसपटक प्रेमका शब्दबाट, लेखन सुरु गर्न मन लाग्याे।

श्रीमान-श्रीमती बिचमा राम्रो सम्बन्ध राखेर, एकअर्काको भावना, सुख-दुःख, मन मुटुले सधै चोखो माया गर्दा के देखिदैन र, भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस ? मान्छेका जीवनमा ३ सय ६५ दिननै भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस हुन्छ, यसाे गर्दा। तर, अहिलेको बर्तमान समयमा यस्तो देखिँदैन ! माया, प्रेम र भावना पनि समाजलाई देखाउनका लागि गर्छन । देखाएको सम्बन्ध भन्दा, बिस्वास साथ बनेको सम्बन्ध जुनिजुनिलाई टिक्छ। देखाउने चिज त किन्न पनि पाइन्छ । तर, माया, प्रेम वा भावनात्मक सम्बन्धको कुनै मूल्य नै हुँदैन । त्यसका अघि रातो गुलाबको फूल केबल फूलमै सिमित हुन्छ, केहीदिनमा अाेइलाउछ। तर हृदयबाट बग्ने प्रेम अमर हुन्छ। माया प्रेम निश्चित समयपछि ओइलिने वा सुक्नु हुँदैन।

प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे । फेब्रुअरी १४ का दिन विश्वभरका मान्छेले मनाउँछन् । पछिल्ला केही वर्षयता आएर भने यसलाई पनि सप्ताव्यापी मनाउन थालिएको छ । कुनै पर्व वा उत्सवजस्तै । प्रणय दिवसका अवसरमा आफूले मन पराएको मान्छे वा प्रेम, प्रेमीलाई रातो गुलाबको फूल, चकलेट र मनपर्ने वस्तु उपहार दिने गरेको पाइन्छ।

प्रणय दिवस नेपाली संस्कृति होइन र हिन्दुहरूको संस्कृति पनि हाेइन, तर नेपालमा पनि यसले अहिले ठूलै आकार लिइरहेकाे छ। केही नेपाली, यो आफ्नै संस्कृति भएजस्तै ठान्न समेत थालेका छन्। आफ्नो संस्कृति भुलेर र्काको संस्कृति मनाउने प्रचलनले माैलिखता हराउदै जाने चिन्ता सुरु भएको छ।

केही वर्ष पहिलासम्म युवा पुस्तामा मात्रै सीमित, यो दिवस अहिले सबै उमेर समूहका मान्छेको साझा बन्न थालेको छ। भ्यालेन्टाइन डे भनेर उच्चारण गर्न हिचकिचाउनेहरूले यसलाई सहज रूपमा, सामाजिक सञ्जालहरुमा पोस्ट गरेका तस्बिर र स्टाटसले देखिन थाले। अर्को अर्थमा भन्नुपर्दा सामाजिक सञ्जाल प्रयोग कर्ताका लागि यो झनै महत्वपूर्ण जस्तै देखिएको छ।

पछिल्ला वर्षमा मात्रै यसले नेपालमा व्यापकता पाएको छ। तर, प्रेमका पक्षपातीहरू भने प्रेमको कुनै भूगोल, सीमा नहुने तर्क गर्दछन्। अर्काथरी भने दिन हेरेर र बनाएको सम्बन्ध र गरेको प्रस्ताव अर्को दिन टिक्छ कि टिक्दैन भन्ने शंका गर्नेहरू पनि छन्। हुन पनि प्रेम साइत हेरेर पक्कै हुँदैन वा तोकिएकै दिन हुन्छ भन्नेहरू पनि पाइँदैन।

प्रेम: सम्बन्ध मात्रै होइन मान्छेका वैवाहिक सम्बन्ध पनि बाहिर देखिने एउटा, भित्र अर्कै हुन थालेको आभाष हुन थालेको छ। बाहिर समाजका अघि देखिएको सम्बन्ध घरका चौघेराभित्र छिरेपछि फेरिने गरेको दृष्टान्त छरप्रष्ट हुन थालेको छन्। तर, पनि समाजमा देखाउनका लागि भने रातो गुलाबको फूल वा चकलेट दिएर मिठो शब्दमा माया दर्शउनेहरूको पनि कम छैन। एक दिनको रातो फूल वा उपहार चकलेटले मान्छेको जीवन सुन्दर हुने होइन। सधैँ सुमधर र सुन्दर बनाउने दुवै पक्षको उत्तिकै भूमिका भयो भयो जीवन सधैँ प्रणय बन्छ र त्यसका लागि दुवै इमानदार हुनपर्छ। सम्बन्ध भनेको देखाउनका लागि वा जबर्जस्त बनाउने होइन, भावनात्मक रूपमा बनेको हुनुपर्छ।

प्रेम एक अर्काको अनुभूतिभन्दा भोग्नका लागि जस्तै बनेको छ ।
अरूको नक्कल वा सिकोले कुनै पनि चिज दीर्घकालीन बन्न सक्दैन । यो प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे पनि हामीले अरूको नक्कल गरिरहेका हौँ । कसैले कसैप्रति प्रेम गर्नु नराम्रो होइन, मात्रै बुझाइको कुरो हो । प्रेम भनेको माया गर्नु एकले अर्कोको भावना बुझ्नु र सुख दुःखमा साथ दिनु पनि प्रेम हो । तर, हिजो आज प्रेमको भाषा फेरिएको छ ।

पति पत्नीका बीचमा राम्रो सम्बन्ध स्थापित भएर एकले अर्काको भावना बुझ्ने हो भने त्यही होइन र प्रणय दिवस ? त्यो गर्न सक्ने हो भने मान्छेका जीवनमा ३ सय ६५ दिन नै हुन्छ प्रणय दिवस । तर, पछिल्ला दिनमा यस्तो देखिँदैन । माया, प्रेम र भावना पनि समाजलाई देखाउनका लागि बन्दै छ ।

प्रणय दिवसमा नाममा फूल वा उपहारको बजारसमेत बढ्ने गरेको छ । पतिले पत्नीलाई वा पत्नीले पतिलाई वा प्रेमीले पे्रमीलाई उपहार दिन यही दिन किन कुर्न पर्छ र ? उपहार आवश्यकतामा वा आफूसँग पैसा हुँदा पनि दिन सकिन्छ । अरू दिनसँगै भएको पत्नी पति वा साथीलाई वास्तै नगर्ने यो दिन ऋण गरेर उपहार दिने र फोटो सामाजिक सञ्जालमा पोस्ट गर्नु कत्तिको व्यवहारिक होला त्यसमा पनि बहस गर्नुपर्छ ।
यसको मतलब कसैले कसैलाई माया प्रेम नै नगर्नु वा उपहार नै नदिनु होइन ।

भ्यालेन्टाइन डे आयतित संस्कृति भएको र यसका बारेमा हेर्ने हो को यसको एउटा दुःखद् इतिहास पाइन्छ । खासमा तेस्रो शताब्दीमा रोममा क्लोडियस नामका एक शासक थिए । उनको मान्यता थियो, जब बिहे गरिन्छ पुरुषको शक्ति र बुद्धि नष्ट हुन्छ । त्यही कारण उनले राज्यमा यस्तो उद्घोष गरिदिए, ‘आजदेखि कुनै पनि अधिकारी वा सैनिकले बिहे गर्न पाउने छैन ।

भ्यालेन्टाइन डे मा सबैभन्दा धेरै प्रयोग हुने वस्तु गुलाफको फूल नै हो । गुलाफ आदानप्रदान गरेर युवा युवतीहरूले आपसमा प्रेम पकट गर्ने दिन । आफूले मन पराएको केटा वा केटीलाई गुलाफको पूmल दिएर नै प्रस्ताव राख्ने गर्दछन् । ‘भ्यालेन्टाइन डे’ को अवसरमा गुलाफको फूलको रङ र यसका अर्थहरूलाई बुझ्नुपर्ने हुन्छ ।

नेपाली समाज र संस्कृतिअनुसार पति, पत्नी वा आफूले मन पराएको मान्छेलाई माया गरौँ, आदर गरौँ, एकले अर्कोको भावना बुझेर सम्मान गरौँ । त्यतिवेला रातो गुलाबको फूल, चकलेट वा उपहार नभए पनि हुन्छ , सम्बन्ध राम्रो रह्यो भने त्यही हुन्छ, भ्यालेन्टाइन्स डे फेब्रुअरी १४ को प्रतीक्षा गर्नैै पर्दैन।

मलाई लाग्छ चोखो माया गर्ने जोडीहरूको लागी भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस महत्वपुर्ण हुदैन। बस अटूट माया हुनपर्छ सधै प्रणय दिवस हुन्छ।

पुजारा : शिवसेना नेपाल हिन्दु टाईगर ग्रुप महाराष्ट्र कमिटी अध्यक्ष हुन्।

सम्बन्धित