ताजा

स्वतन्त्र नागरिकमा किन राजनीति ?

Published On: February 23, 2019 || 2075 फाल्गुन 11 शनिबार , at 11:30 AM

छक्क बहादुर बिष्ट

एउटा सचेत र स्वतन्त्र नागरिकको हैसियतले पशुपति शर्माको गितको समर्थन गरौँ राजनीतिक अाग्रह पुर्बाग्रहबाट समर्थन नगरौं। गितलाई, गितकै नजरबाट हेराैँ।

पशुपति शर्माले नेकपाका कार्यकर्ता मात्रै कुकुर भनेका छैनन नेताले भ्रष्टाचार गर्दा जय जयकार गर्ने र नेतालाई भगवान मान्ने कम्युनिस्ट, काँग्रेस, राप्रपा सबैलाई भनेको पाइन्छ। राष्ट्रपति बर्तमान देशको एउटा गरिमामय संस्था हो भने हिजोको राजसंस्था पनि देशको गरिमामय संस्था थियो भन्ने हामिलेे सचेत नागरिक भएर बुज्नुपर्छ।

एउटा गितलाइ लिएर हामी कसैले राजनीतिक एजेन्डा बनाउन उचित हुदैन र एउटा स्वतन्त्र कलाकारको अपमान हामी कोहि कहिबाट नगरौं। हाम्राे पक्षमा होइन राम्रोको पक्षमा उभिदा समाजले सहि मार्गचित्र पाउछ।

बिष्ट नेपाली जनसम्पर्क समिति पश्चिम भारत क्षेत्रीय अामन्त्रित सदस्य एबम् खारघर शाखा अध्यक्ष हुन्।

सम्बन्धित