ताजा

जब भेदभाव अन्त्य हुन्छ तबमात्रै समाजकाे स्वरुप बदलिन्छ

Published On: February 27, 2019 || 2075 फाल्गुन 15 बुधबार , at 4:52 PM

मनलाल बिश्वकर्मा

संक्षिप्त नेपालकाे ईतिहासलाई अध्यान गर्दा नेपाली ईतिहास भित्र बर्ग बिभाजन देखिकाे घटना परिघटना हेर्दा पिछडिएकाे दलित बर्गले अाफ्नाे हक अधिकारका लागि विभिन्न क्षणमा एैतिहाँसिक संघर्ष गर्दै अाएकाे ईतिहास देख्न पाईन्छ। किनभने नेपालमा जति पनि अान्दोलन भएका छन अहिलेसम्म अान्दोलनमा दलितकाे अग्रभुमिका रहेकाे हामिले देखेका र अध्यान पनि गरेका छाै ।

दलित बर्ग सदियाै देखि अन्याय, अत्याचार र शाेषन थियाे । साेहि शोषित पिडित कै अाधार मा केही राजनितीक परिबर्तन, राजनितिक दलहरुले नेपालमा विभिन्न चरणमा बनेका संविधानमा दलित अधिकारका कुराहरु खालि कागजी पानामा मात्रै सिमित रहेकाे पाईन्छ। यसलाई धेरै व्याख्या गर्न त चाँहादैन तर छाेटाे टिप्पणी मात्र गर्न चाहे।

जस अनुसार ५२ भन्दा काे अगाडिको परिस्थितिलाई पनि हेरेका छाै २०५२ देखि २०६२/६३ सम्म त केही फरक थियाे । अनि २०६४ काे निर्वाचन देखि २०७२ सालकाे परिस्थिति भित्र केही दलित प्रतिनिधिहरुले नयाँ संविधानमा १३% मात्र दलितका हक अधिकार स्थापित गराउन सफल भए। यसमा अहिले लागुभएर दलितले पाउने राज्यबाट सेवा सुबिधा ठुलाे अाशा गरेका थिए तर याे २/४ सालकाे अबधि भित्र जुन किसिमकाे दलित बर्ग माथि अभद्र ब्यबाहार र अप्रिय घटना गरेर दलित बर्ग माथि दमन गर्दै अाएका छन ।

कालिकाेटमा पानीकाे धारा छाेएकाे निहुँमा, त्यहाका गैरदलितले मुना सार्कीकाे ज्यानै लिए त्यस्तै डिल्ली कामिलाई दाँत नै भाच्चिने गरि कुट पिट गरेका घटनाहरु पनि छन ।

दलित चेलीलाई ललाई फकाई मायाजालमा पार्ने र बिबाह गर्छु भन्ने पछि बच्चा भई सकेपछि दलित चेलीलाई घर निकाल गरिदिने दलित महिला स्वास्थ संयमसेबिका हटाएर अरु नियूक्त गर्ने, त्यस्तै सरकारी निकाय हाेस या गैरसरकारी निकायमा हाेस दलितलाई हटाएर अरु बर्ग अथवा अाफ्नाे नजिककाे ब्यक्ति नियुक्त गर्नु याे कति सम्म काे अन्यायर अत्याचार हाे ।

नेपालकाे बर्तमान अबस्थामा हेर्ने हाे, भने देश भित्र विभिन्न राजनीतिक दलमा अाबद्ध दलित राजनीतिक कर्ता विभिन्न संघ संस्था र विभिन्न निकायमा अाबद्ध भयर काम गर्ने दलित अधिकारकर्मी माैन भएर ती घटनाकाे उत्थान नगर्नु दलित अधिकारकाे खाेल अाेडेर अाफ्नाे ब्यक्तिगत स्वार्थमा लिप्ट कसैकाे पहेदार भएर अाफ्नै स्वार्थमा मा रुल्मुलिनु दलित का कुनै पनि एजेन्डा सुनुवाइ नहुनु र दलितहरु अन्याय र अत्याचारकाे सिकार बन्नु लाई निहाल्दा खेरी नेपाल मा अझै बर्ग बिचकाे खाडल पुर्न कै लागि पु:न एक पल्ट अाम दलित हरु एक भएर यसकाे अावाज उठाउन अाबश्यक ठानेर अधिकाम्स दलित दलितहरु राेजगारीकाे सिलसिलामा भारतमा थुप्रै हुनुहुन्छ। अब हामी जातिय विभेद रहितकाे समाज निर्माण गर्न लाई तपाईं हामिले एक जुटका साथ प्रबास बाटै भएपनि लाग्नु पर्छ भन्ने नारा सहित दलित एकता संजाल मुम्वईमा पनि गठन गरेका छाै ।

लेखक: अखिल भारत नेपाली एकता मञ्च केन्द्रीय सदस्य एबम् दलित एकता संजाल मुम्बई का संस्थापक हुन्।

सम्बन्धित