ताजा

प्रवासी बेतकोट सहकारी संस्थाको बैठक सम्पन्न

Published On: March 5, 2019 || 2075 फाल्गुन 21 मंगलबार , at 12:24 PM

प्रवासी बेतकोट सहकारी संस्थाको दोश्रो बैठक सम्पन्न भएको छ। तिलक बोहराको अध्यक्षता, सचिब डि.एम. बुढाको संचालनमा नानाचौक अगस्त क्रान्ति मैदानमा बैठक बसेकाे हाे।

बैठककाे प्रमुख अतिथि प्रेम राज भण्डारी रहनुभएकाे थियाे। बैठकमा विभिन्न विषय बस्तुमा आधारित हुँदै गहन छलफल गरिएको अायाेजकले बतायाे। बेतकोट नगर भित्र बसोबास गर्ने प्रवासी नेपालीहरुलाइ एकिकृत गर्ने र प्रवासी नेपालीहरुमा आइपर्ने समस्याको समाधानका निम्ति यो सहकारी संस्थाको निर्माण गरिएको छ। साथै बेतकाेट नगरमा बसाेबास गर्ने प्रवासीहरुलाई सहकारी संस्थामा आबद्ध हुन अाग्रह गरेको छ।

बैठकमा मोहन ठकुल्ला, टंक भण्डारी, अर्जुन बिष्ट, रमेश बिष्ट, खडक भुल, राजु बुढा, रमेश ढोली, भक्त बुढा, बम खडका, मीन बहादुर बिष्ट र करन बोहराको उपस्थिति रहेको थियो। संस्थामा आबद्ध हुन चाहानु हुने र सदस्य बन्न चाहाने प्रवासी नेपालीहरुले यी नम्बरहरुमा सम्पर्क गर्न सक्नुहुनेछ।

सम्पर्क नम्बर
8689819511
9320007604
9769552380
7021152678
9820693684
9867075970

सम्बन्धित