ताजा

मुम्बईकाे चर्चाले, सुदुरपश्चिम कै तारा बनिन् कान्छी माेडेल बाेहाेरा

Published On: March 6, 2019 || 2075 फाल्गुन 22 बुधबार , at 12:26 PM

मुम्बई । छोटो समयमै निकै चर्चा बटुलेकी मोडेल झर्न बोहरा अाजकाज निकै ब्यस्त छिन्। अछाम जिल्ला मेल्लेख गाउँपालिका शोडषा (झडीगाउँ) घर भै हाल कैलाली जिल्लाको कुशुम घाट बसोबास गर्ने बाेहाेका लागि मेला, महाेत्सब, स्टेज कार्यक्रमहरुमा निकै रुचाईएकाे छ।

सांगीतिक क्षेत्रमा निकै संघर्ष गरिरहेकी बोहरा आफ्नो बाल्यकाल देखि नै यो, क्षेत्रमा चाँसो रहेको बताउछिन । सुख दुखमा हातेमालो गर्दै समय संग मितेरी गाँसेर भएपनी आफुले घर परिवार र आफन्त हरूको निकै साथ सपोट रहेको उनको भनाई छ ।

अाफुले रुचाएकाे क्षेत्रमा: आमा बुवा, काका काकीहरुको साथ, सहयोगले चर्चा बटुलेकाे बाेहाेरा बताउछिन। अप्सरा खरेल र शंकर श्रेष्ठको स्वरमा रहेको सृजन बरालले निर्देशन गरेको तिज गीतबाट डेब्यू गरेकी बोहरा यतिबेला साँगितिक क्षेत्रमा निकै बेस्त देखिन्छन् । हँसिलो अनुहार नरम स्वभाबकी बोहरा थुप्रै स्टेजमा आफ्नो कला प्रस्तुत गरीसकेको र दर्शक हरूले पनी निकै माया गरेको उनी बताउछिन ।

उनी भन्छिन् – “मैले साँगितिक क्षेत्रमा सुरूवात नेपाल बाट गरेपनि चर्चा भने मुम्बई बाटै पाएको हो”। “घुमफिरको क्रममा दिल्ली गएकी थिएँ, घर फर्कदै गर्दा मुम्बईमा पनि कार्यक्रम रहेछ”। मलाई त्यहाँ बाेलाएपछि, त्यहाँ पुगे”। उनकाे चर्चा मुम्बईबाट सुरु भएको बताईन्।

“नेपाली जनसंपर्क समिति पश्चिम भारत क्षेत्रको छैठौं अधिवेशन रहेछ, यो अवसर दिएर मलाई यो ठाउँ सम्म पुगाऊन ठुलो सहयोग गर्नु हुने अंकल नरेन्द्र सिंह टमट्टा, खेमराज बोहरा ,बिषेश गरी मुम्बईका कार्यक्रमहरूमा मलाई उच्च स्थानका साथ सम्मानित गरेर कार्यक्रम आयोजना गर्नुहुने पश्चिम भारत क्षेत्र ( गोवा, गुजरात, महाराष्ट्र) का सास्कृतिक संयोजक आदरणीय सर टंक लब्ली बुढा लगायत सम्पूर्ण शुभचिन्तकहरुमा हार्दिक धन्यवाद दिन चाहान्छु” उनले भनिन्।

उज्यालो मुम्बई न्युजका लागि टंक बहादुर बुढा ऐरोलीले तयार पारेको रिपोर्ट।

सम्बन्धित