ताजा

पशुपति अाउने बाबाहरुकाे चर्तिकलामा कडाइ गराै।

Published On: March 7, 2019 || 2075 फाल्गुन 23 बिहिबार , at 1:59 PM

गणेश पुजारा

हामी हिन्दु हरूको महान पर्व महाशिवरात्रि मा पशुपतिनाथ मा नागा बाबाहरूलाइ रोक लगाउनू म अहीलेको वर्तमान गणतन्त्रिक सरकारलाई अनुरोध गर्दछु ! किन भने ? पशुपतिनाथ हिन्दु धर्मको मन्दिरमा बिश्वकाे दोस्रो नम्बरमा आउछ यहा महाशिवरात्रि मा देश तथा बिदेश बि-भिन्न ठाउबाट दर्शन गर्न दर्शकहरूको ओईरोलाग्छ ,
भने यहा सबैभन्दा गलत र नकारात्मक भनेको
शिव जी को दर्शन गर्नु भन्दा , मन्दिर मा पुग्नु भन्दा पहीला नै दर्शकहरू त्यी नाङ्गा बाबाहरूको लिङ्ग को दर्शन गर्न बाध्य हुन्छन ?


हामी भगवानको दर्शन गर्न जान्छौ। त्यहााँ ती नाङ्गा बाबाहरूको रमिता देेेखिन्छ। हामि आमा बुवा दिदिबहिनी हरू तथा ईस्टमित्रहरू संग जान्छौ तर बाबाहरु नाङ्गै बसेर लिङ्ग देखाउछन, जिस्काउछन, मन्दिरको अगाडी यस्तो गर्नु नाङ्गा बाबाहरूलाइ छुट दिनु यो लाजमर्दो कुरा हो , ठिक छ यी बाबाहरूलाई मन्दिरमा आउन छुटदिनुहुन्छ! भने मन्दिर परिसरमा बस्ने नाङ्गा बाबाहरूलाइ लिङ्ग ढाक्ने ब्यास्था गरियोस हैन भने यीनीहरूलाई आजदेखी नाङ्गै घुम्न प्रतिबन्ध लगाइयोस्।

यसरी मन्दिर को वरिपरि बाबाहरूले नाङ्गै लिङ्ग देखाएर घुम्न र नारिहरूलाइ झिस्काउने भनेको हाम्रो वैदिक सनातन हिन्दु धर्म की अपमान गर्नु हो !

म पनी एक कट्टर हिन्दु हु , मैले मेरो मातृभूमि नेपाल आमा लाई हिन्दु अधीराज्य राष्ट्र नेपाल कायम गर्नु पर्छ भन्ने सिद्धान्त बोकेर हिनेको छु तर यसरी मन्दिर को छेउछाउमा नाङ्गा बाबाहरू घुम्न यसको घोर विरोध गर्दछु ! मैले पनि धेरै किताबहरूको अध्यन गरेको छु गीता ,महाभारत , पुराण अन्य धेरै हिन्दु धर्म को किताबहरूपढेको छु र बुझेको पनी छु र यसरी नाङ्गै आफ्नो लिङ्ग देखाएर घुम्न पर्छ भन्ने मैले कही पनी लेखेको भेटाएन हिन्दु धर्म मा छैन पनी !

शिवरात्रीमा नाङ्गा बाबाहरूले भाङ, धतुरो सेवन गरेर तमासा गर्छन अनि दर्शकहरूलाई डर देखाउने काम पनिि गर्छन, यस्तो गर्नु भन्दा त नेपाल सरकार र मन्दिर समिती मिलेर, ति नाङ्गा बाबाहरूको लिङ्ग ढाक्ने धोति या लङ्गुठीको ब्यास्था गरियो भने मन्दिर को सोभा बढ्छ। हिंन्दु धर्मको ईज्जत मान सम्मान बढ्छ।

भोलेभक्त -: गणेश सिंह पुजारा: अध्यक्ष शिवसेना नेपाल हिन्दु टाईगर ग्रुप महाराष्ट्र कमिटी।

सम्बन्धित