ताजा

नेपाल आईडल सिजन २ का विजेता रवि ओड कान्दिवली र पुनामा अाउने

Published On: March 8, 2019 || 2075 फाल्गुन 24 शुक्रबार , at 1:20 PM

मुम्बई । नेपाल आईडल सिजन २ का विजेता रवि ओडको मुम्बई अाउने कार्यक्रम रहेको छ। उनले मुम्बईमा हुने विभिन्न सांस्कृतिक कार्यक्रमहरुमा सहभागीता जनाउने छन्।

अाेड सहभागी हुने कार्यक्रमकाे तयारी अन्तिम चरणमा पुगेको समेत अायाेजकहरु बताए। रबिका लागि भब्य स्वागत समेत हुनेछ।

नेपाली जनसंम्पर्क समिति पश्चिम भारत क्षेत्र अन्तर्गत महाविरनगर शाखा कान्दिवली, चारकोप शाखा र एन बी क्लब कान्दिवलीको संयुक्त आयोजनामा, मार्च १७ तारिखमा कान्दिवली र १८ मार्चमा पुनामा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ।

कार्यक्रममा सहभागीता जनाउनका लागि समेत प्रवासी नेपालीहरुमा अायाेजकले अनुराेध गरेको छ।

उज्यालो मुम्बई न्युजका लागि, पश्चिम भारत क्षेत्र सांस्कृतिक सचिव टंक बहादुर बुढा ऐरोलीकाे समाचार।

सम्बन्धित