ताजा

पैसाको स्रोत खोज्नु नेपाल–चीन रेलमार्ग असफल पार्ने प्रचण्डको दाउ ?

Published On: August 3, 2016 || 2073 श्रावण 19 बुधबार , at 9:47 PM

  • भरत दाहाल

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पैसाको स्रोतको बहाना देखाएर पहिलो हमला नेपाल–चीन रेलमार्गमाथि सुरू गरेका छन्। यो सरकार परिवर्तनको आधारभूत रणनीति र नेपालको भारत निर्भरतालार्इ यथावत राख्ने आधारभूत सर्त हो।

Bhrat Dahalरेलमार्गको सवाल चीनसंग भएको पारवाहन संझौताभन्दा कैयौं गुना बढि महत्वपूर्ण छ। रेलमार्ग बन्नासाथ नेपालको व्यापारको भारत निर्भरता समाप्त भएर जान्छ। रेलमार्ग रोक्नका लागि भारतले लगाएको शक्तिका पछाडिको अर्को कारण त्यसको आफ्नो बचाउ हो।

चीनबाट लुम्बिनीसम्म रेल पुग्नासाथ आफ्नो देशमा पर्ने चिनियाँ मालको जबर्जस्त प्रभावलार्इ रोक्ने सामर्थ्य राख्दैन। नेपालसंगको खुला सिमानाका कारणले त यो झनै संभव हुँदैन।

यो मार्ग बन्नासाथ चीनको ब्यापारिक सिल्क रोडले भारतलार्इ ३ तिरबाट घेरा हाल्छ। रेलमार्गलार्इ रोक्नका लागि पश्चिमाहरू पनि भारत जत्तिकै सकृय छन्। यसको कारण ‘फ्रि तिब्बत’ कार्ड हो।

रेलमार्गले नेपाललार्इ चीनको पानी पँधेरो बनाउना साथ पश्चिमाहरूको चलखेल निस्तेज भएर जान्छ। यस कारण तिनीहरूले नेपाललार्इ भारतको एउटा अनकन्टार गुलाम इलाकाका रूपमा सिमित राख्न चाहन्छन्।

चीनको स्थायी विरोधि हुनुका कारणले भारत पश्चिमाहरूको भरपर्दो खेल दैदान हो। (दाहालले फेसवुकमा व्यक्त गरेको विचार)

सम्बन्धित